प्रहरी वृत्त थानकोटको कमाण्ड सम्हालेका डीएसपी दिपेश बस्याल बने प्रधानमन्त्री बालेनको पीएसओ

Thankot Times

थानकोट ।

प्रधानमन्त्रीको शपथको तयारीमा रहेका बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन् ।

उनलाई शुक्रबार बालेनको पीएसओमा नियुक्त गरिएको हो ।

बालेनको शपथ आज मध्याह्न १२ बजे सपथ लिएका छन् ।

उनी प्रहरीभित्रका एक सफल अनुसन्धान अधिकृत मानिन्छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान टिममा रहेर समेत उनले काम गरेका थिए ।

विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार प्रधानमन्त्रीलाई विशिष्टस्तरको सुरक्षा प्रदान गरिन्छ । जसअनुसार, प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेनाको २००, सशस्त्र प्रहरीको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना सुरक्षाकर्मी खट्ने व्यवस्था छ । यसमा निवासको सुरक्षासमेत पर्छ ।

अगुवा र पछुवा गाडीसमेत नेपाली सेनाको हुने व्यवस्था छ ।

बस्यालले २०८० सालमा केही समय प्रहरी वृत्त थानकोटमा कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *