शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

Thankot Times

थानकोट ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्ने सूचना पुनः प्रकाशित गरेको छ ।

विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका तहमा भर्ना प्रक्रिया सुरु हुनुअघि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्नेबारे आइतबार जारी गरेको सुचना मन्त्रालयले सोमबार बिहानै हटाएको थियो । सोमबार साँझ मन्त्रालयले पुनः उक्त सुचना जारी गरेको हो ।

सुचना अनुसार आगामी २०८३ साल वैशाख १ गतेदेखि त्यस्ता कक्षाहरु पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय तहका यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्‍याउने र अभिभावक तथा विद्यार्थीमा अनावश्यक आर्थिक बोझ थप्ने देखिएको छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *