यसकारण नेपाल वायुसेवा निगमले माग्यो माफी
थानकोट ।
नेपाल वायु सेवा निगमले भारतको जम्मु कश्मिर क्षेत्रलाई पाकिस्तानको नक्सामा राखेकोप्रति माफी मागेको छ ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क म्यापमा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि भएको स्वीकार गर्दै माफी मागेको हो ।
निगमले जारी गरेको नक्सामा ‘कार्टोग्राफिक इनएक्युरेसी’ अर्थात् भौगोलिक सीमांकनसम्बन्धी महत्त्वपूर्ण त्रुटि रहेको जनाएको छ ।
निगमले पोस्ट हटाइसकेको जनाउँदै आगामी दिनमा यस्ता सामग्री सार्वजनिक गर्दा ध्यान दिने जनाएको छ ।
“हामी आफ्ना छिमेकी तथा मित्र राष्ट्रसँगको सुदृढ सम्बन्धलाई उच्च सम्मान गर्छौं र उक्त पोस्टका कारण पर्न गएको असहजताप्रति गहिरो खेद व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।










