धादिङ नीलकण्ठका कृष्णले पाए सहिद मेमोरियल अस्पतालमा निःशुल्क उपचार

Thankot Times

थानकोट ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका-५, छाप निवासी कृष्ण रिजाललाई कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालले निःशुल्क उपचार सेवा प्रदान गरेको छ।

चार वर्षअघि दुर्घटनामा परेर हात–खुट्टा भाँचिएका रिजालको पहिले शल्यक्रिया गर्दा राखिएको स्टिलको स्थानमा पुनः समस्या देखिएको थियो।

आर्थिक अवस्था निकै कमजोर भएका कारण उनी उपचार खर्च जुटाउन नसकेर भौतारिइरहेका थिए।

सोही अवस्थालाई मध्यनजर गर्दै अस्पतालले उनलाई आवश्यक पर्ने सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको हो।

अस्पतालका प्रमुख कार्यकारी निर्देशक समीर शर्माका अनुसार रिजालको पारिवारिक अवस्था अत्यन्तै विपन्न भएकाले मानवीय आधारमा अस्पतालले निःशुल्क उपचार गर्ने निर्णय गरेको हो।

रिजालको उपचारका लागि समन्वय गरेका रमेश ढुङ्गानाले अस्पतालको यो परोपकारी कार्यको प्रशंसा गरे।

उनले विपन्न तथा असहाय बिरामीलाई सहयोग गर्ने यस्ता पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *