टिपरको ठक्करबाट ४३ वर्षीय पैदलयात्री पुरुषको मृत्यु
थानकोट ।
भक्तपुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
भक्तपुर नगरपालिका-५, आदर्शस्थित भक्तपुर फ्युल सेन्टरनजिक सडकमा बा ४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा भारत दरभंगा धोहीघाट घर भएका ४३ वर्षीय विसूनदेव सहनी छन् ।
उनको आइतबार राति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल दुधपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










