चन्द्रागिरि नगर अस्पतालमा कुन-कुन दिन ओपीडी सेवा बन्द हुनेछन् ? सूची हेर्नुहोस्
थानकोट ।
थानकोटस्थित चन्द्रागिरि नगर अस्पतालको बहिरंग विभाग (ओपिडी) बाट प्रवाह हुने सेवा विभिन्न बिदाका दिन बन्द रहने भएको छ ।
सोमबार (बैशाख २१) एक सूचना जारी गर्दै नगरले अस्पतालबाट प्रवाह हुने बहिरंग सेवा स्थगित रहने दिनको सूची सार्वजनिक गरेको हो ।
नगरप्रमुख घनश्याम गिरीका अनुसार उक्त अस्पतालमा सबै शनिबार, नयाँ वर्ष (बैशाख १ गते), जनैपूर्णिमा, विजया दशमी बिदा, तिहार बिदा र फागु पूर्णिमाको बिदाको दिन बहिरंग सेवा बन्द रहनेछ । अन्य बिदाका दिनमा भने अस्पतालबाट ओपीडी सेवा सुचारु रहनेछ ।
अस्पतालमा आकस्मिक सेवा भने ३६५ दिन, २४ सै घण्टा उपलब्ध हुने सो सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्











