काठमाडौं महानगरपालिका भित्रका संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि आवेदन आह्वान

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाअन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११, १२ का लागि छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग गरिएको छ ।

छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले आवेदन माग गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ ।

अनलाइन आवेदन जेठ १ गतेदेखि १० सम्म दिन सकिनेछ । छात्रवृत्तिका लागि परीक्षा जेठ १७ गते हुनेछ ।

परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ