काठमाडौँ महानगरद्वारा एक हजार ४६६ शिक्षकलाई तालिम प्रदान

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न एक हजार ४६६ शिक्षकलाई तालिम प्रदान गरेको छ ।

महानगरका शिक्षा अधिकारी नमराज ढकालले नगरपालिकाभित्रका सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको जानकारी दिए।

सञ्चालन गरिएका तालिममा बाल विकास सहजकर्तातर्फ १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्शसम्बन्धी तालिममा १३४, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ र संस्थागततर्फ ११६ जना रहेका छन् ।

सूचना तथा प्रविधिसम्बन्धी तालिममा ३८५, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्यांकनसम्बन्धी तालिममा ४६० जना तथा प्रारम्भिक बाल शिक्षादेखि कक्षा तीनसम्म अध्ययनरत विद्यार्थीको अपांगता पहिचानसम्बन्धी तालिममा ८३ शिक्षक सहभागी भएका थिए ।

शिक्षकको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढाइएको महानगरका शिक्षा अधिकारी ढकालले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ