चन्द्रागिरि नगरमा एकसाथ १४ जना मेडिकल अधिकृत माग
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले एकैसाथ १४ जना मेडिकल अधिकृत माग गरेको छ ।
नगरको एक वडा एक डाक्टरी सेवा कार्यक्रमका लागि सो संख्यामा मेडिकल अधिकृत माग गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपालीले जानकारी दिए ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको दिनबाट १५ दिनभित्र दरखास्त पेश गर्न सक्ने जनाइएको छ ।











