रास्वपा चन्द्रागिरि नगर सभापतिमा केसी र बस्नेतको उमेदवारी, उपसभापति श्रेष्ठ सर्वसम्मत
थानकोट ।
सतुङ्गलमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर कमिटिको पहिलो अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि केहीबेरमा चुनाव हुँदैछ ।
प्राप्त विवरण अनुसार सभापति पदमा निवर्तमान अध्यक्ष जनार्दन केसी र निवर्तमान सचिव मधुकर बस्नेतले नाम दर्ता गराएका छन् ।
उपसभापतिमा भने करुणा श्रेष्ठ निर्विरोध चयन भएकी छन् ।
रास्वपा नगर कार्यसमितिमा सभापति, उपसभापति, सचिव, सहसचिव र ११ जना सदस्य निर्वाचित हुनेछन्।
तीमध्ये महिला सदस्य कम्तीमा ५ जना र दलित समुदायबाट कम्तीमा १ जना अनिवार्य रहने व्यवस्था छ ।
कुन पदमा कसको उमेदवारी ? सूची हेराैं
- सभापति-१ पद
जनार्दन केसी
मधुकर बस्नेत - उपसभापति-१ पद
करुणा श्रेष्ठ - सचिव-१ पद
भरत प्रसाद आचार्य
मन्दिरा थापा
दिल कुमार कार्की - सह-सचिव-१ पद
ज्ञानदास महर्जन
वीरदास तामाङ - सदस्य-११ पद
हिरामणि अधिकारी
तिर्थराज खत्री
देवकी रायमाझी
रामहरी लामा
सुधा कार्की
राज श्रेष्ठ
कमला नेउपाने
कुमार प्रसाद शिलवाल
अनोज थापा
किरण पुरी
पूर्णकमार महर्जन
मनोज घिमिरे












