कृषि विकास बैंक ठगी प्रकरणः चन्द्रागिरि-५ का स्थायी बासिन्दा फरार प्रतिवादी मच्छेगाउँबाट पक्राउ
थानकोट ।
कृषि बिकास बैकको केन्द्रीय सञ्चालन विभागसँग सम्बन्धित आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कृषि विकास बैंक लिमिटेड, केन्द्रीय सञ्चालन विभाग, मुख्य कार्यालय काठमाडौंमा शाखा प्रमुख पदमा कार्यरत कर्मचारी रमेश गौतमले दिएको जाहेरीका आधारमा प्रतिवादीलाई पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि प्रहरी टोलीले मिति २०८३ जेठ ११ गते साँझ करिब ७ बजे काठमाडौंको चन्दागिरी नगरपालिका-९ मच्छेगाउँबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनी काठमाडौं चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थान किसिपिडी क्षेत्रका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ । प्रहरीले उक्त मुद्दामा आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ ।











