थानकोटस्थित आदिनारायण भजन मण्डलमा भोलि मंगलबार पखावज वादन कार्यक्रम हुँदै

Thankot Times

थानकोट ।

थानकोटस्थित आदिनारायण भजन मण्डलले विशेष पखावज वादन कार्यक्रम आयोजना गर्ने भएको छ।

असार ९ गते मंगलबार साँझ ५ बजे मण्डलको परिसरमा पखावज वादन कार्यक्रम आयोजना हुन लागेको हो ।

सो कार्यक्रममा चर्चित पखावज वादक निशान्त सिंहले आफ्नो सांगीतिक प्रस्तुति दिनेछन्।

कार्यक्रममार्फत भजन, कीर्तन तथा शास्त्रीय वाद्यवादनप्रति समुदायको आकर्षण बढाउनुका साथै आध्यात्मिक वातावरण निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

आदिनारायण भजन मण्डलका अध्यक्ष तथा संगीत प्रवीण धनबहादुर गोपालीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा नयाँ पुस्तामा शास्त्रीय संगीतप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

पखावज हिन्दुस्तानी शास्त्रीय संगीत तथा भजन-कीर्तनमा प्रयोग हुने प्राचीन तालवाद्यका रूपमा परिचित छ।

आदिनारायण भजन मण्डलले विगत २८ वर्षदेखी थानकोटमा नियमित रूपमा भजन गाउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *