सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने
थानकोट ।
कक्षा १२ को नतिजा सार्वजनिक गर्दा लापरवाही गरिएको भन्ने विद्यार्थीका गुनासाबारे अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले एक समिति गठन गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यसबारेमा जानकारी दिएका हुन् ।
समितिमा मन्त्रालयका उपसचिव, पाठ्यक्रम विकास केन्द्रका उपसचिव लगायतका प्रतिनिधि सदस्य छन् । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत साता सार्वजनिक गरेको थियो ।
नतिजा गत वर्षको भन्दा सुध्रिएको थियो । साथै, परीक्षा सकिएको महिना दिनमै नतिजा सार्वजनिक भएको थियो ।
तर नतिजा सार्वजनिक गर्दा लापरवाही गरेको भन्दै विद्यार्थीले असन्तुष्टि जनाउँदै माइतीघर मण्डलामा धर्ना दिदैं आएका छन ।
मन्त्री पोखरेलले बिहिबार शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति मन्त्रालय स्पष्ट र विश्वस्त रहेको बताएका छन् ।
नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको दाबी गर्दै उनले आवश्यक जनशक्ति थपेर तथा प्रशासनिक झन्झटहरू छोट्याएर तोकिएकै समयमा नतिजा ल्याइएको स्पष्ट पारेका हुन् ।
नतिजा प्रक्रियालाई लिएर भइरहेको आन्दोलनप्रति संकेत गर्दै मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा धारणा राख्न पाउने लोकतान्त्रिक अधिकारको मन्त्रालयले सम्मान गर्ने बताएका छन् ।










