बैंकिङ कसुर मुद्दाका फरार थानकोट चेकपोष्टका पुरुष पक्राउ
थानकोट ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मातातिर्थ बस्दै आएका ४८ वर्षीय पुरुष पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगर १५ स्वयम्भूबाट पक्राउ गरेको हो।
उनी थानकोट चेकपोष्टका स्थानीय भएको प्रहरीको भनाइ छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ नेपाल प्रहरीले जनाएको छ ।









