नेपाली बजारमा सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले बढ्दै २ लाख ८७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय ७० रुपैयाँले बढ्दै ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ