प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटी सिफारिस
थानकोट ।
नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कुमार नगरकोटीको नाम सिफारिस भएको छ ।
उपकुलपतिमा अभिनाश श्रेष्ठ सिफारिस भएका छन् । प्रज्ञा प्रतिष्ठानका पदाधिकारी छनोट गर्न गठित समितिले नगरकोटीलाई कुलपति र श्रेष्ठलाई उपकुलपतिमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।
यस्तै रामलाल जोशीको नाम सदस्य सचिवका रूपमा सिफारिस भएको छ । प्रतिष्ठानको प्राज्ञ सदस्यका लागि तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलासी, प्रतिसरा सायमी र कृष्ण सर्वहारी सिफारिसमा परेको स्रोतले जानकारी दिएको छ। मन्त्रालय स्राेतका अनुसार कुलपतिका लागि ब्रजेश खनालको नाममा पनि चर्चा भएको थियो । खनाललाई संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे कुलपतिमा सिफारिश गरिएको छ ।
त्यसाे त प्रज्ञा प्रतिष्ठानमा नयनराज पाण्डे,शिवानी सिंह थारु,विना थिङ,मञ्चला झालगायतको नाममा पनि चर्चा भएको थियो । तर उनीहरुले प्रज्ञामा जान अस्वीकार गरेको स्राेतको दाबी छ ।
सम्भवत: बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले यसबारे निर्णय लिने स्राेतको भनाइ छ । छनोट समितिको संयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पाैडेल थिए भने सदस्यहरूमा नारायण ढकाल र अर्चना थापा थिए ।









