नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. खतिवडा नियुक्त

Thankot Times

थानकोट ।

सरकारले नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भीमप्रसाद खतिवडालाई नियुक्त गरेको छ ।

विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिले गरेको सिफारिसअनुसार विश्वविद्यालयको उपकुलपतिमा खतिवडा नियुक्त भएका हुन्  । खतिवडालाई प्रधानमन्त्री समेत रहेका कुलपति वालेन्द्र (बालेन) शाहले बुधबार नियुक्त गरेका हुन् ।

उपकुलपति पदका लागि पाँच उमेदवारको नामसहितको सर्टलिस्ट सार्वजनिक भएको थियो ।

समितिले कुलपतिसमक्ष सिफारिस गर्ने गरिन्छ । त्यसपछि कुलपतिले एकजनालाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्ने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *