त्रिवि प्रश्नपत्र ‘लिक’ प्रकरण: थप दुईजना पक्राउ

Thankot Times

थानकोट ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रौतहटको राजदेवी नगरपालिका–४ बस्ने २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल घर भई हाल वीरगंज महानगरपालिका–२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिम छन् ।

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

मिश्रलाई आइतबार काठमाडौं महानगरपालिका–१३, ताहाचलबाट र हाकिमलाई सोमबार वीरगंज महानगरपालिका–८ बाट पक्राउ गरिएको हो ।उनलाई शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

यही साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको एक विषयको परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जाल तथा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको थियो ।

‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ