कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबार मंगलबहादुर शाही नियुक्त

Thankot Times

थानकोट ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेकपाका १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ