संसदीय सुनुवाइ समितिको बैठक बस्दै
थानकोट ।
संसदीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दै छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्ने कार्यक्रम तय भएको छ ।
संघीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।
यस्तै, प्रमुख आयुक्तमा प्रस्तावित कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिनेछ । समितिको बैठक बिहान ११:१५ बजे बस्नेछ ।
समितिले मङ्गलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्य योजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । समितिको बैठक बिहान ११:०० बजे बस्नेछ ।











