त्रिभुवन पार्कका कागजात र निर्णय झिकाउन सर्वोच्चको आदेश, सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार

Thankot Times

थानकोट ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र श्रीकान्त पाैडेलको संयुक्त इजलासले शुक्रबार शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) सञ्चालक समितिको विवादमा आदेश जारी गरेको छ ।

प्रतिष्ठानका तर्फबाट अध्यक्ष मदन ताम्राकारले दायर गरेको निवेदनमाथि शुक्रबार सुनुवाई हुँदा इजलासले विभिन्न दुई आदेश दिएको हो ।

असार ३२ मा बसेको न्यायाधीश द्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सर्वोच्च अदालतले पूर्ण सुनुवाईबाट निर्णय नभएसम्म बागमती प्रदेश सरकारको २०८२ चैत्र २७ को चलानी नम्बर ५४८ को पत्र र मिति २०८३ असार १५ गतेको चलानी नम्बर ९९६ को जिल्ला प्रशासन कार्यालय काठमाडौंको पत्र कार्यान्वयन नगर्नु नगराउनु भन्ने आदेश दिँदै शुक्रबार (साउन १५) का लागि पेशी समेत तोकको थियो ।

अदालतबाट जारी शुक्रबार आदेशमा भनिएको छः

    • नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ चैत्र ४ गतेको निर्णयको प्रमाणित प्रतिलिपि र २०७६ मार्ग २३ गतेको त्रिभुवन पार्क व्यवस्थापन सम्बन्धमा बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखेको पत्रको प्रमाणित प्रतिलिपि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउनु
    • त्रिभुवन पार्क हस्तान्तरण तथा व्यवस्थापन सम्बन्धमा भएका निर्णय वा काम कारबाही सम्बन्धी सक्कल फाइल पेशीको दिन देखाई फिर्ता लैजाने गरी बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटाैंडाबाट झिकाउनु

त्रिभुवन पार्कको किचलोः सर्वोच्चको आदेशको सार, पूर्ण इजलास नबसुञ्जेल अध्यक्षमा मदन ताम्राकार


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ