थानकोट इमाखेलस्थित महालक्ष्मी मन्दिर परिसरमा ढुङ्गेधारा पुनःनिर्माण सम्पन्न
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोट इमालेखस्थित महालक्ष्मी मन्दिर परिसरमा रहेको पाैराणिक ढुङ्गेधाराको पुनःनिर्माण र साैन्दर्यीकरण सम्पन्न भएको छ ।
नगरप्रमुख घनश्याम गिरीले स्थानीयहरूको उपस्थितिमा शनिबार बिहान सो ढुङ्गेधारा उद्धाटन गरेका छन् ।
नगरको आर्थिक पूर्वाधार योजनाअन्तर्गत सो धारा पुनःनिर्माण सम्पन्न भएको वडाध्यक्ष दुर्गालाल महर्जनले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाको ३ लाख रुपैयाँ बजेट विनियोजनमा सुरु भएको सो कार्यका लागि स्थानीयबासीहरूले समेत सक्रिय सहयोग गरेको धारा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर महर्जनले जानकारी दिए । ती संरचना निर्माणका लागि ४ लाख १० हजार १३५ रुपैयाँ खर्च भएको उनको भनाइ छ ।
स्थानीयहरूबाट १ लाख १० हजार १ सय ३५ रुपैयाँ सहयोग जुटेको हो ।












