प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि…

Thankot Times

थानकोट ।

नागरिकको जिउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि एक युवालाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

गएराति पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि तीन राउन्ड गोली प्रहार गरिएको थियो । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *