चेकपोष्टस्थित हाइभिजन कोलोनीबाट एकजना पुरुष पक्राउ

Thankot Times

थानकोट ।

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पुरुष पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका हाइभिजन कोलोनी बस्दै आएका ४८ वर्षीय पुरुषलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत महोत्तरीबाट २०८३ वैशाख २१ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी पठाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *