बलम्बुका समाजसेवी महर्जनको सडक दुर्घटनामा परि निधन, न्यायका लागि गुर्जुधारामा प्रदर्शन
थानकोट।
बलम्बु क्षेत्रका परिचित समाजसेवी पुरुषोत्तम महर्जनको निधन भएको छ ।
प्रहरीका अनुसार बुधबार अपरान्ह स्वयम्भूस्थित हल्चोक सडकमा भएको दुर्घटनामा परि उनको निधन भएको हो । प्रहरीका अनुसार बा.प्र.०२-०१५ प ७९७८ नम्बरको स्कुटरमा सवार महर्जनलाई बा.प्र.०१-००७ ख ११५१ नम्बरको बसले ठक्कर दिएको बताइएको छ ।
ठक्करबाट घाइते भएका महर्जनलाई उपचारका लागि मनमोहन अस्पताल लगिएकोमा त्यहाँ उनको निधन भएको प्रहरीको भनाइ छ ।
उनी चन्द्रागिरि नगरपालिका-१२ बलम्बुका स्थानीय हुन्, उनी ५९ वर्षका थिए ।
घटनाको विरोधमा स्थानीयले बिहीबार बिहान गुर्जुधारा क्षेत्रमा केहीबेर प्रदर्शन गरेका छन् ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा र जिम्मेवारीका उपायहरू अविलम्ब लागू गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरेका छन् ।
काठमाडौँ महानगरपालिका—१५ हल्चोकस्थित सडकमा र स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना भएको थियो। दुर्घटनामा स्कुटर चालक चन्द्रागिरी नगरपालिका—१२ बलम्बु बस्ने ५९ वर्षीय पुरुषोत्तम महर्जनको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको हो।
भिडियो हेराैं
प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन तथा चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको सूचना प्राप्त भएको पीडीतका परिवारजनले जानकारी दिए ।
घटनका बारेमा प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको बुझिएको छ ।
तस्बिर स्रोतः बलम्बु/भास्तिपुर














