आमाबाबुको नाममा शिक्षासेवी विष्णु पनेरुले खडा गरे ३ लाख ५१ हजारको अक्षय कोष
थानकोट ।
चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली माध्यामिक विद्यालयबाट हालै सेवा निवृत्त भएका संस्थापक प्रधानाध्यापक विष्णु प्रसाद पनेरूले आफ्ना दिवंगत माता पिताको स्मृतिमा अक्षय कोष खडा गरेका छन् ।
पनेरुले बिहीबार तीन लाख एकाउन्न हजार रुपैयाँ राशिको थलकुमारी रुद्र पनेरु अक्षयकोष स्थापना गरेका हुन् । आफ्नो जीवनको करिब चार दशकभन्दा लामो समय विद्यालय, शिक्षा र समाजको सेवामा समर्पित गरेका पूर्व प्रधानाध्यापक पनेरूले सेवा निवृत्तिपछि पनि शिक्षाको ज्योति फैलाउने कार्यमा निरन्तर योगदान पुर्याउँदै अक्षय कोष खडा गरेको कार्यप्रति विद्यालयले अनुकरणीय एवं प्रेरणादायी कार्य भन्दै सम्मान व्यक्त गरेको छ ।
अक्षयकोषको स्थापनासँगै आगामी दिनमा उक्त विद्यालयका विद्यार्थीहरूको शैक्षिक प्रगति र विद्यालयको शैक्षिक यात्रामा महत्वपूर्ण योगदान पुग्ने विद्यालयले जनाएको छ ।
४२ बर्ष ९ महिना कंकाली माविमा सेवा गरेका पनेरुले गत साउन ३१ गते अनिवार्य अवकाश पाएका हुन् ।










