चार दिनको लगातार झरीपछि खुल्यो काठमाडौंको मौसम
थानकोट ।
चार दिनदेखि लगातार वर्षा भइरहेको काठमाडौंको मौसम आइतबार दिउँसोदेखि खुलेको छ । गत बिहीबारदेखि निरन्तर पानी परे पनि आइतबार दिउँसोबाट वर्षा रोकिएसँगै मौसम खुलेको हो ।
लगातारको वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएको थियो । आइतबार दिउँसो भने काठमाडौंमा घाम देखिन थालेसँगै मौसममा सुधार आएको छ ।
अहिले उपत्यकामा घाम लागिररहेको छ ।














