नेपाली कांग्रेसको १५औँ महाधिवेशन: वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित
थानकोट ।दषकज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको मनोनयनमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् ।
शर्मा वरिष्ठ उपसभापति र भुसाल उपसभापति (महिला) तर्फ निर्विरोध निर्वाचित भएका हुन् ।
उनीहरू दुवैजना गत वर्षको पुस अन्तिममा भएको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएका थिए ।
यसपटक कांग्रेसले वरिष्ठ उपसभापति र महिला उपसभापतिको व्यवस्था गरेपछि शर्मा वरिष्ठ तथा भुसाल महिलातर्फ उपसभापतिमा निर्विरोध भएका हुन् ।













