कीर्तिपुरमा कुकुर आतंक, खोप लगाउन दर्जनौँ मानिस टेकु अस्पतालमा

Thankot Times

थानकोट ।

काठमाडाैंको कीर्तिपुरमा कुकुर आतंक मच्चिएको छ ।

कुकुरले टोकेर खोप लगाउन दर्जनौँ मानिस आएको र अहिले पनि आउने क्रम जारी रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

शुक्रबार बिहान मात्रै कुकुरले टोकेर घाइते भएका दर्जनौँ मानिस अस्पतालमा खोप लगाउन आएको उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । त्यो क्रम दिउँसो ४ बजेसम्म पनि नरोकिएको उनको भनाइ छ । बिहान त्रिवि पछाडिबाट सुरु भएको कुकुर आतंक पाँगाहुँदै अहिले कीर्तिपुर अस्पतालनजिक पुगेको छ ।

खोप लगाउन आएका घाइतेहरूले कालो रङको कुकुरले मानिसहरूलाई टोकिरहेको बताएको डा. पुनले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘कालो रङको कुकुरलाई नियन्त्रण गरिएन भने अझै धेरैलाई टोक्न सक्नेछ, सम्भवत: यो कुकुर रेबिज लागेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।’​​​​​


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ