नेपाली बजारमा सुनको मूल्य बढ्यो
थानकोट ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबारको तुलनामा ७०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार ७ सयले बढेर सुन प्रतितोला २ लाख ७५ हजार कायम भएको छ।
यसअघि सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो।
सुनको मूल्य वृद्धि भएपनि चाँदीको भाउ भने घटेको छ।
महासंघका अनुसार यसदिन चाँदी ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ।











