बिहानै देशभर भूकम्पको धक्का महशुस
थानकोट ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको हो ।
मंगलबार बिहान सवा ७ बजेको समयमा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो ।
भूकम्प र यसको केन्द्रविन्दुबारे अहिलेसम्म औपचारिक विवरण सार्वजनिक भएको छैन् ।
यद्यपि, गुगलमा नेपालको पूर्वी क्षेत्रस्थित नेपाल, भारत र भुटान तथा चीन क्षेत्र आसपास केन्द्रविन्दु भएर भूकम्प गएको देखाइएको छ ।
गुगलमा कोशी प्रदेशको लेलेपबाट ९ किलोमिटर टाढा केन्द्रविन्दु रहेको विवरण उल्लेख छ ।
यो आज बिहान ७:१७ बजेको रेकर्ड हो ।
अपडेट
ताप्लेजुङमा आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला केन्द्र बनाएर भूकम्प गएको हो ।
५.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।










