आज शुक्रबार नेपाली बजारमा सुनचाँदी मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनचाँदी मूल्य बढेको छ ।
छापावाल सुन प्रतितोला ३ हजार ३०० रुपैयाँ र चाँदी १२० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँ र असली चाँदीको मूल्य ३ हजार १९५ रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३ हजार ७५ रुपैयाँ कायम भएको थियो ।










