तयार रहनुस, चन्द्रागिरि नगरमा फागुन ३० देखि कोरोना भाइरस विरूद्धको खोप लगाइने

Thankot Times

थानकोट, फागुन २८ ।

चन्द्रागिरि नगरपालिकाका सबै स्वास्थ्य संस्थामा कोरोना भाइरस विरूद्धको खोप कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त कार्यक्रम अन्तर्गत फागुन ३० देखि चैत्र १ गतेसम्म चन्द्रागिरि नगरका सबै स्वास्थ्य केन्द्रमा कोरोना भाइरस विरूद्धको खोप लगाइने छ । यसअघि पहिलो र दोश्रो मात्रामा जुनसुकै खोप लगाएको भएपनि दोश्रो तथा बुस्टर डोजमा एस्ट्राजेनिका खोप लगाइने नगरपालिकाबाट जारी सूचनामा उल्लेख गरिएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *