चन्द्रागिरि नगरमा स्वास्थ्य बीमा सुरू, यी हुन बीमा गर्नका लागि खटिएका दर्ता सहयोगी (सूची सहित)

Thankot Times

थानकोट ।

बहुप्रतिक्षित स्वास्थ्य बीमा कार्यक्रम चन्द्रागिरि नगरपालिकामा सुरू भएको छ । चन्द्रागिरि नगरभित्र बसोबास गर्ने इच्छुक जो कोहीले सम्बन्धित वडाका प्रतिनिधि (दर्ता सहयोगी) मार्फत स्वास्थ्य बीमाका लागि आ-आफ्नो नाम टिपाउन सक्नेछन् ।

नगरपालिकाले बीमित लागि चन्द्रागिरि-४ स्थित थानकोट प्राथमिक अस्पतालमा सेवा लिन सक्ने जनाएको छ । बीमामा आबद्ध भइसकेपछि एक लाख रूपैयाँसम्मको सेवा निःशुल्क प्राप्त गर्न सकिनेछ । ती सेवामा आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक सेवा तथा तोकिएका औषधि निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ । यसका लागि तीनजना सम्मका परिवारले रु. तीन हजार पाँच सय योगदान रकम तिर्नुपर्नेछ । अति विपन्न, एचआइभी सङ्क्रमित, कुष्ठरोगी, फरक क्षमता भएका (अपाङ्गता) र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सो योगदान रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *