मातातीर्थ आयुर्वेद औषधालयले मंगलबारबाट आफ्नै भवनबाट सेवा दिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको एकमात्र आयुर्वेद औषधालय चन्द्रागिरि ०८ मातातीर्थस्थित आयुर्वेद औषधालय मंगलबारबाट आफ्नै भवनबाट सेवा दिने भएको छ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीबाट मंगलबार उक्त औषधालय भवनको उद्घाटन तथा औषधालयबाट प्रदान हुने सेवा शुभारम्भको कार्यक्रम रहेको वडाध्यक्ष सन्तोष खड्काले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । यसअघि औषधालयले भाडाको घरबाट सेवा प्रदान गरिरहेको थियो ।

हाल काठमाडौँका पाँच स्थानीय तहमा आयुर्वेद औषधालय छन् । कागेश्वरी मनोहरा नगरपालिकाको भद्रवास, नागार्जुन नगरपालिकाको सीतापाइला, चन्द्रागिरि नगरपालिकाको मातातीर्थ, कीर्तिपुर नगरपालिकाको पाँगा र दक्षिणकाली नगरपालिकाको फर्पिङमा आयुर्वेद औषधालय रहेका छन् । देश सङ्घीय संरचनामा जानु अघि पाँचवटै कार्यालय बाग्मती अञ्चल आयुर्वेद औषधालय थिए । यी सबै औषधालय सम्बन्धित स्थानीय तह मातहतमै छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *