थानकोट स्वास्थ्य चाैकीलाई एम्बुलेन्स हस्तान्तरण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य चाैकीमा पनि एम्बुलेन्स सेवा सुरू भएको छ । नगर मै पहिलोपटक चन्द्रागिरि-३ स्थित थानकोट स्वास्थ्य चाैकीले बिहीबारबाट एम्बुलेन्स सेवा सुरू गरेको छ ।

चन्द्रागिरि वडा नं. ३ ले खरिद गरेको एम्बुलेन्स संघीय सांसद् राजेन्द्रकुमार केसीले स्वास्थ्य चाैकी व्यवस्थापन समितिलाई बिहीबार एक समारोहबीच एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बागमती प्रदेश सांसद् रमा आलेमगर, चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी लगायत विभिन्न वडाका जनप्रतिनिधि एवं स्थानीयहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै सांसद् राजेन्द्र कुमार केसीले एम्बुलेन्स सञ्चालनका लागि विशेष कोष खडा गरि सेवा दिनुपर्नेमा जोड दिँदै यसको दुरूपयोग हुन नदिन सबै नागरिकहरू जागरूक हुनुपर्ने धारणा राखे । त्यस्तै नगरप्रमुख गिरीले नगरपालिकामा थानकोट प्राथमिक अस्पतालले सेवा सुचारू भइसकेको र नयाँ प्रसुति अस्पताल निर्माणका लागि सम्झाैता भइसकेको बताउँदै वडा नं. ३ मा सञ्चालन हुने एम्बुलेन्सको प्रयोग गरि सेवा लिन अझ सहज हुन सक्नेमा आफु विश्वस्त भएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *