स्थानीय तह निर्वाचनः बिहीबार साँझ महादेवस्थान ५ मा एमालेले कोणसभा आयोजना गर्ने

Thankot Times

थानकोट ।

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालले प्रचार प्रसार एवं घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।

प्रचारप्रसार अन्तर्गत विहीबार साँझ ५ बजे सो पार्टीले चन्द्रागिरि ५ महादेवस्थानस्थित किसीपिंडीमा कोणसभा आयोजना गर्ने नेकपा एमाले चन्द्रागिरि ५ इकाई अध्यक्ष भक्तलाल श्रेष्ठले थानकोट टाइम्सलाई जानकारी दिए ।

उक्त कोणसभामा सो पार्टीका चन्द्रागिरि नगरका मेयर उम्मेदवार उत्तम बहादुर राउत, उपमेयरका उम्मेदवार वसन्ती श्रेष्ठसमेतको उपस्थिति रहने बुझिएको छ । नेकपा एमालेले चन्द्रागिरि ५ को वडाध्यक्षमा सूर्यबहादुर महर्जनलाई टिकट दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *