स्थानीय तह निर्वाचनः चन्द्रागिरिमा ८ मा लोकतान्त्रिक बाम गठबन्धन भर्सेस नेकपा एमाले

Thankot Times

थानकोट ।

स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा एकल रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । मतदानको मिति नजिकिँदै गर्दा केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको छ भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको नाम फिर्ता लगिएपछि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा नेतृत्वको दाबी सहित उम्मेदवारी दिएको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सन्तोष खड्काले वडाध्यक्ष जितेको चन्द्रागिरि ८ मातातीर्थमा यसपटक पनि खड्काले दोहोरिने इच्छा देखाएका छन् । गत स्थानीय तह निर्वाचनमा खड्का ७ सय ५५  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । ६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ८ मा सो निर्वाचनमा नेपाली काँग्रेसका सरोजकुमार थापाले ६ सय ८८ मत पाएका थिए ।

यसपटक चन्द्रागिरि वडा नं. ८ मातातीर्थको वडाध्यक्ष पदमा १ स्वतन्त्र तथा ५ दलले दाबी पेश गरेका छन् । नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसँग तालमेल गरी लोकतान्त्रिक बामगठबन्ध बनाएको छ । उसले वडा अध्यक्षसहित खुल्ला सदस्यमा मत मागिरहेको छ भने नेकपा माओवादी केन्द्रले महिला सदस्य, दलित महिला सदस्य तथा खुल्ला सदस्यमा मत मागिरहेको छ ।

यस वडाको नेतृत्व हात पार्नका लागि मुख्यतः लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेबीच रस्साकस्सी हुने देखिएको छ । चन्द्रागिरि ८ मा लोकतान्त्रिक बाम गठबन्धनको नेतृत्व प्रल्हाद रिजालले गरेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नंं ८ मातातीर्थका ३ हजार ७ सय २६ मतदातासमक्ष भोट माग्दै घरदैलो पुग्न व्यस्त भइरहेका वडाध्यक्षका उम्मेदवारहरू यसप्रकार छन्ः

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *