स्थानीय तह निर्वाचनः चन्द्रागिरि ११ को वडाध्यक्ष पदमा श्रेष्ठ त्रयको दाबी

Thankot Times

थानकोट ।

मुलुक संघीय  स्वरूपमा रूपान्तरित भएपछि हुन गइरहेको स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा स्वतन्त्र रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्ता घटक पाँच दलले गठबन्धन गरी मतदातासमक्ष जाने निर्णय गरेका भएपनि नेकपा एकीकृत समाजवादीले मेयर तथा उपमेयरमा एकल लड्ने निर्णय गरेको छ भने जसपा नेपाल पनि एक्लै तयारी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको थियो भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको पनि नाम फिर्ता लगिएपछि चन्द्रागिरि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ  ।

मतदाता संख्याको तुलनामा चन्द्रागिरि नगरको सबैभन्दा कम मतदाता भएको वडा चन्द्रागिरि ११ सतुंगलमा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हरिभक्‍त महर्जन ३ सय ५७  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

चन्द्रागिरि ११ सतुंगलमा  यसपटक विभिन्न तीन दलका उम्मेदवारले वडाध्यक्ष पदमा दाबी पेश गरेका छन् ।

गत स्थानीय निर्वाचनमा ६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ११ स्वतन्त्र उम्मेदवार गाैतम श्रेष्ठले ३१४ मत प्राप्त गर्दा नेपाली काँग्रेस  तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवारहरूले क्रमश २६१ मत र ६५ मत प्राप्त गरेका थिए ।

यसपटक चन्द्रागिरि ११ मा नेपाली काँग्रेसका नरेन्द्रराज श्रेष्ठ, नेकपा एमालेका पूर्णगोपाल श्रेष्ठ तथा  नेकपा माओवादी केन्द्रका विश्वनाथ श्रेष्ठले वडाध्यक्षमा दाबी पेश गरेका छन् । यस वडामा १  हजार ५ सय ३९ मतदाता रहेका छन् ।

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *