स्थानीय तहको निर्वाचनः चन्द्रागिरि १२ को वडाध्यक्ष बन्ने दाैडमा ६ जना

Thankot Times

थानकोट ।

मुलुक संघीय स्वरूपमा रूपान्तरित भएपछि हुन गइरहेको स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा स्वतन्त्र रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्ता घटक पाँच दलले गठबन्धन गरी मतदातासमक्ष जाने निर्णय गरेका भएपनि नेकपा एकीकृत समाजवादीले मेयर तथा उपमेयरमा एकल लड्ने निर्णय गरेको छ भने जसपा नेपाल पनि एक्लै तयारी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको थियो भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको पनि नाम फिर्ता लगिएपछि चन्द्रागिरि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ  ।

मतदाता संख्याको तुलनामा चन्द्रागिरि नगरको सबैभन्दा धेरै मतदाता भएको वडा चन्द्रागिरि १२ बलम्बुमा २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका प्रकाश श्रेष्ठ १ हजार १८८  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए, श्रेष्ठले यसपटक पनि वडाध्यक्षमा दाबी पेश गरेका छन् । सो निर्वाचनमा ३ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएकामा नेकपा एमालेका लक्ष्मण कुमार तण्डुकारले ८०५ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले ५९७ मत पाएका थिए ।

४ हजार ४ सय ५१ मतदाता रहेको चन्द्रागिरि १२ बलम्बुमा वडाध्यक्षमा उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरूः

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *