चन्द्रागिरि वडा नंं ३ र ४ को मतगणना जारी, मेयरमा नेपाली काँग्रेसको अग्रता कायमै

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना चन्द्रागिरि नगरमा जारी छ । अहिले चन्द्रागिरि ३ र ४ थानकोटको मतगणना जारी रहेको छ । चन्द्रागिरि १ र २ को मत परिणाम सार्वजनिक भइसकेको छ । चन्द्रागिरि १ मा नेपाली काँग्रेसले वडाध्यक्षसहित ३ पदमा जित हात पार्दा नेकपा एमालेले २ सदस्यमा जित दर्ता गराएको छ । चन्द्रागिरि २ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।

नगरप्रमुखमा नेपाली काँग्रेस तथा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम राखेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *