चन्द्रागिरि ४ मा नेपाली काँग्रेस अग्रता कायमै

Thankot Times
थानकोट ।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले मतगणनाको कार्य देश भरका स्थानीय निकायमा जारी छ । चन्द्रागिरि नगरमा पनि वडागत रूपमा मतगणना कार्य जारी रहँदा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएका छन् । अहिले चन्द्रगिरि ४ र ५ मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि ४ मा नेपाली काँग्रेसका कृष्णप्रसाद खड्गीले अग्रता लिएका छन् । उनले १५३ मत पाउँदा नेकपा एमालेका लेमन श्रेष्ठले ४३ मत सहित पछ्याइरहेका छन् ।

मत गणना जारी रहँदा मेयरमा नेपाली काँग्रेसले १८५ तथा एमालेले ५१ मत प्राप्त गरेका छन् ।

यस वडामा २७३८ मत खसेको छ भने वडाध्यक्ष पदमा पाँच दलको उम्मेदवारी परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *