समानुपातिकतर्फको सूचीमा राप्रपाको पहिलो नम्बरमा भोट ११ भोट पाउँदै पशुपतिशमशेरले मारे बाजी

Thankot Times

थानकोट ।

खस आय समूह तर्फको समानुपातिक सूचीको एक नम्बरमा को रहने भन्नेबारेमा राप्रपाका पूर्वअध्यक्षहरू डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणा बीचको विवाद मतदानबाट टुंगिएको छ। सोमबार बसेको राप्रपाको आन्तरिक बैठकमा गोप्य मतदानबाटै समानुपातिकको एक नम्बर सूची टुंगो लगाइएको हो ।

राप्रपाका एक नेताका अनुसार दुई नेताबीचको विवाद समाधानका लागि पटक पटक प्रयास भएपनि सहमति नजुटेपछि मतदान नै गर्नुपरेको हो । जसअनुसार कार्यसम्पादन समितिका सदस्यहरूबीच  भएको मतदानका क्रममा राणाले लोहनीभन्दा बढी मत पाएसँगै उनी नै एक नम्बरमा रहने निश्चित भएको हो ।

यसअघि पार्टीले समानुपातिकको सूची बनाउँदा राणाकै नाम एक नम्बरमा थियो । तर, लोहनीले त्यसमा असन्तुष्टि जनाउँदै आएका थिए । मतदानका क्रममा लोहनीको कम मत आएपछि उनको नाम दुई नम्बरमा समेटिने भएको छ, रातोपाटी अनलाइनमा खबर छ ।
मतदानका क्रममा राजेन्द्र लिङ्देन भने सहभागी नभएको र आफू यो विवादमा रेफ्रीको भूमिकामा रहन चाहेको बताएका ती नेताले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *