निर्वाचन आचारसंहिता आजबाटै लगाउने तयारी

Thankot Times

थानकोट ।

आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता आजैबाट लगाउने तयारी भएको छ ।  निर्वाचन आयोगले आजैबाट निर्वाचन आचारसंहिता लगाउने तयारी गरिएको जनाएको छ ।

“आयोगले निर्णय गरिसकेको छैन् । तर, आचारसंहिता  लागु गर्ने तयारी भइरहेको छ, ” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

निर्वाचन खर्च सीमाबारे दलहरूको छलफलमा आचारसंहिताबारे पनि उठाएका कुरा हेरेर आयोगले निर्णय गर्ने बताइएको छ । राजनीतिक दलहलाई खर्च सीमाबारे छलफल गर्न आयोगले आज बोलाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *