आज मध्यरातबाट निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको निर्णय
थानकोट ।
निर्वाचन आयोगले आसन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता भोलि बुधबारदेखि लगाउने निर्णय गरेको छ ।
आज बसेको आयोगको बैठकबाट बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरिएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।
“(आज) राति १२ बजेपछि आचारसंहिता लागु हुन्छ । त्यो भनेको भोलि हो,” उनले भने ।










