कांग्रेसभित्र समानुपातिक उम्मेदवार सूची हेरफेर तयारी

Thankot Times

थानकोट ।

सत्तारूढ दल नेपाली कांग्रेसभित्र मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारहरूको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ।

संस्थापनइतर (शेखर कोइराला-गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए।

जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी लगायतले भेला गर्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए।

निर्वाचन आयोगले पनि दलहरूलाई समानुपातिक उम्मेदवार सूची संशोधनका लागि समय दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *