प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बन्न यस्ता छन् मापदण्ड (सूचीसहित)

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न आवश्यक मापदण्ड तय गरेको छ।

आयोगको बिहीबार बसेको बैठकले उम्मेदवारी दिन आवश्यक पर्ने योग्यता मापदण्ड जारी गरेको प्रवक्ता शालिग्राम पौडेलले बताए।

मापदण्डअनुसार विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले प्रतिनिधि  तथा प्रदेश सभामा उम्मेदवार बन्न पाउने छैनन्।

प्रतिनिधि सभाका हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभाका हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *