चनाखो भएर दशैं मान्न पूर्व सांसद् कृष्णगोपाल श्रेष्ठको अनुरोध

Thankot Times

थानकोट ।

निरन्तरको वर्षाका कारण चन्द्रागिरि नगरका केहि स्थानहरू जलमग्न भएका छन् ।

विशेषगरी चन्द्रागिरि ४ स्थित टेकानपुर, चन्द्रागिरि १० र ११ सतुंगल, चन्द्रागिरि १२ बलम्बु, चन्द्रागिरि १४ नैकाप तथा चन्द्रागिरि १५ विष्णुदेवी क्षेत्रमा वर्षाले क्षति पुर्याएको छ । पानी पर्म भएसँगै क्षतिको विवरण संकलनको कार्य सुरू गरिएको जनप्रतिनिधिहरूले जानकारी दिएका छन् । 

यसैबीच नेकपा एमालेका नेता पूर्व सांसद् कृष्णगोपाल श्रेष्ठले खोला किनारका बासिन्दाहरु निरन्तरको वर्षाबाट आउन सक्ने बाढी र त्यसबाट हुनसक्ने जनधनको क्षतिबाट उच्च सतर्क रहँदै दशैं मनाउन अनुरोध गरेका छन् । 

आफ्नो फेसबुक पेजमा बाढीका केहि तस्बिर राख्दै नेता श्रेष्ठले तत्काल केही सहयोग आवश्यक परेमा सचिवालयमा सम्पर्क गर्न भनेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *