नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम नगर्ने

Thankot Times

थानकोट ।

सत्तारूढ नेपाली कांग्रेसले कोजाग्रत पूणिर्माका दिन वर्षेनी आयोजना गर्दै आएको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

यस वर्ष कोजाग्रत पूणिर्माकै दिन प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मनोनयन दर्ताको कार्यक्रम रहेकाले चियापान कार्यक्रम आयोजना नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

२०३३ सालमा बी.पी. कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूणिर्माको दिन चियापान कार्यक्रम गरी शुभकामना आदान-प्रदान गर्दै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *