एमालेबाट टिकट पाउने छाँट नदेखेपछि ‘स्वतन्त्र उम्मेदवारी’ दिने गंगा चौधरीको घोषणा

Thankot Times

थानकोट । 

नेकपा एमालेकी नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन् ।

एमालेबाट दाङ-१ को उम्मेदवार बन्न खोजेकी चौधरीले फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको घोषणा गरेकी हुन् । 

‘आज मैले ठीक निणर्य गरेँ या बेठीक मलाई थाहा छैन् । राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागिरहने छु । जनता भगवान् हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बीचमा आउँदैछु, हजुरहरूको साथ चाहिएको छ,’ चौधरीले भनेकी छन् । 

उनी एमालेबाट ०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *